Your search results

मालपोतको नयाँ फारम : सामान्य पढेलेखेकाले कसरी भर्ने ?

Posted by SmartDEstate on May 28, 2014
| News
| 0

९ कात्तिक, काठमाडौं । मालपोतमा घर जग्गासम्बन्धी सेवा लिन जाँदा एउटै फारम भर्न ४/५ हजार रुपैयाँसम्म बुझाउनुपर्छ ।

आम नागरिकले भर्नै नसक्ने गरी बनाइएका मालपोतका फारमले जतिसुकै पढेलेखेका र बुझेकालाई पनि रनभुल्लमा पार्छ । तर, सरकारले हालै यस्ता ‘नाङ्ले फारम’ हटाउन सुरु गरेको छ ।

अनलाइन सिस्टम लागू भएका मालापोत कार्यालयहरुमा नाङ्ले फारम हटाएर सरल फारमहरु प्रयोगमा ल्याइएको छ ।

३७ वटा कार्यालयमा अहिले नाङ्ले फारम भर्नुपर्ने अवस्था हटाएको छ, सरकारले । यी कार्यालयले मात्रै वर्षमा देशभर हुने ७० प्रतिशत जग्गा कारोबारको काम गर्छन् ।

अब देशभरिका १०८ वटै मालपोत कार्यालयमा पनि यसैवर्षको अन्त्यसम्म हटाइसक्ने गरी काम भइरहेको छ । अनलाइन सेवा विस्तारसँगै ती कार्यालयहरुमा क्रमशः सरलीकृत फारमसमेत प्रयोगमा आउने छन् ।

भूमि व्यवस्थान तथा अभिलेख विभागका सूचना प्रविधि शाखाका निर्देशक रामदत्त भट्ट नयाँ फारम लागू भएपछि पनि सर्वसाधारणले लेखापढी व्यवसायीलाई फारम भराउन नछोडेको बताउँछन् । उनी सामान्य लेखपढ गरेका नागरिकले नै नयाँ फारम भर्न सक्ने दावी गर्छन् ।

मालपोत कार्यालयमा प्रचलनमा रहेको नाङ्ले फारम

मालपोत कार्यालयमा प्रचलनमा रहेको नाङ्ले फारम

पहिलेको फारम ‘ए ३’ अर्थात झण्डै नाङ्लोकै आकारको छ । ३७ कार्यालयबाट हटाइसकिएको यो फारम कम्प्युटरबाट भर्न र प्रिन्ट गर्न समस्या हुन्छ । त्यसैकारण लेखापढी व्यवसायीको रजगज फारम भर्ने काममा चलिरहेको छ । अब उपत्यकाका ९ सहित चितवनका चनौली, माडी, खैरहनी र भरतपुरमा भने अनलाइन प्रणाली लागू भएको छ ।

मकवानपुरका हेटौंडा र थाहा नगरपालिकास्थित कार्यालयदेखि पोखरा, लेखनाथ, बाग्लुङ, बाँके, धादिङ, विराटनगर र काभ्रेमा पनि यो प्रणाली लागू छ । पर्सा, भद्रपुर, दमक, पाँचथर, धरान, नुवाकोट, वालिङ, दोलखा, सिन्धुपालञ्चोक, पर्वत, मोरङ, रंगेली, गोरखा, सप्तरीमा पनि नाङ्लेफारम प्रयोग गर्नुपर्ने अवस्था छैन ।

सामान्य नागरिकका लागि असहज हुने गरी बनाइएको कारण पनि पुरानो फारम भर्न कसैले आँट गर्दैनन् । विवरण भर्ने ठाउँहरु पनि प्रशस्त राखिएका छन्, नाङ्ले फारममा । यस्ता फारममा कता के भर्ने, कता के नभर्ने, कुन-कुन सेवाग्राही र कार्यालयको प्रयोजन हो भन्ने केही खुल्दैन । ७ ठाउँमा ल्याप्चे ठोक्नुपर्छ ।

यसको सट्टामा अब सामान्य लेखपढ गर्न सक्ने नागरिक जो कसैले पनि भर्न सक्ने फारम ल्याइएको भट्ट बताउँछन् । उनका अनुसार फारमका जटिल पक्षलाई हटाइएको र यसलाई कम्प्युटरबाट सजिलै भर्न पनि सकिन्छ । लिखत तथा निवेदन विभागको वेबसाइटमा उपलब्ध छ ।

लिखत तथा निवेदन हातैले भर्न वा कम्प्युटर पि्रन्ट गरेर तयार गर्न सकिनेछ । नयाँ फारम ‘ए ४’ अर्थात समान्य फोटोकपी साइजको पेपरमै प्रिन्ट गर्न सकिन्छ । ३ देखि ५ मिनेटभित्र फारम भर्न सकिने विभागको दावी छ ।

मालपोत कार्यालयमा हाल प्रचलनमा ल्याइएको सरल फारम भर्ने तरिका-२ मालपोत कार्यालयमा हाल प्रचलनमा ल्याइएको सरल फारम भर्ने तरिका-२
तर, सेवाग्राहीले फारमप्रति पुरानै धारणा राखिरहँदा लेखापढी व्यवसायीबाट ठगिने क्रम नरोकिएको भट्ट बताउँछन् ।

‘नयाँ फारम यति सजिलो छ कि लालपूर्जा लिएर बसेपछि त्यसका केही विवरण भर्नासाथै पुरा हुन्छ । जग्गा किन्ने र बेच्नेको व्यक्तिगत विवरण भर्न खासै गाह्रो छैन,’ उनले भने, ‘देवानी कानुनले तोकेका अशंबण्डा, मानो छुटि्टएको र जोडिएकोबाहेकका कागजी काममा साक्षी राख्नुपर्ने व्यवस्था पनि हटाएका छौं । यसो हुँदा लेखापढी व्यवसायीको आवश्यकता पर्दैन ।’

यस्तै नयाँ फारममा लेखापढी व्यवसायीको नाम र लाइसेन्स नम्बर पनि आवश्यक पर्दैन । नाङ्लेमा जस्तो ठाडो, तेर्सो, छड्के अनेक फम्र्याटमा बक्स बनाएर भर्ने ठाउँ राखिएका छैनन् ।

आवश्यक विवरण भर्न सरल रुपरेखामा महलहरु राखिएका छन् । फारमका धेरै महलहरु विशेष प्रयोजनका लागि मात्रै छन्, जुन अधिकांशले भर्नै पर्दैन ।

जग्गा किन्ने बेच्नेको संख्या धेरै हुँदा एउटै महललाई ‘कपी’ पेस्ट गरेर धेरै वटा बनाएर राख्न मिल्ने व्यवस्था गरिएको छ । यसले गर्दा फारम छरितो भएको छ ।

फारममा उल्लेख भएका मध्ये आफूलाई आवश्यक परेको टेबलहरु मात्र राखी अनावश्यक टेबल हटाई लिखत तयार गर्न सकिनेछ । जस्तै खरिदकर्ता आफै उपस्थित भएकोमा खरिदकर्ताको वारिस भए निजको विवरण र सही छाप टेबल लिखतमा राखी राख्न आवश्यक पर्ने छैन

मालपोत कार्यालयबाट पारित हुने लिखतमध्ये गुठी स्थापना, मासिक एक लाख रुपैयाँभन्दा बढी घर बहाल लिने दिने गरेको, अचल सम्पति हकभोग भएको, अंश बुझेको वा अंश छोडपत्र र धितो बन्धकीको लिखतको नयाँ फारम भने बनाइएको छैन ।

www.onlinekhabar.com२०७५ कार्तिक ९ गते १९:१३ मा प्रकाशित

Compare Listings